शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ

आइतबार, २१ जेठ २०८०, १६ : ५९
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सफल भएको बताएका छन् । भ्रमणको क्रममा दुवै देशबीच पारवहन, सीमा, ऊर्जालगायत महत्त्वपूर्ण सहमति भएको गुरुङले बताए ।

आइतबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले भने, “सापेक्षित रुपमा प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको छ । सीमा, पारवहन, ऊर्जासहित सात बुँदे सहमति भएको छ । यो उपलब्धिमूलक हो । यसबाट दुवै देशले फाइदा लिन सक्नुपर्छ ।” 

कार्यक्रममा बोल्दै गुरुङले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको अर्को विकल्प नभएको बताए । सांसदबाट पारित भइसक्दा पनि अघिल्लो राष्ट्रपतिले नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु स्वाभाविक भएको गुरुङले दाबी गरे । उनले २०७२ सालमै संविधानमा गरिएको व्यवस्था अनुसार विधेयक आएको बताए ।

राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउन केही समूहले गणतन्त्रको विरोध गरेको गुरुङले बताए । राष्ट्रियतालाई कमजोर बनाएर अस्थिरता निम्त्याउन चाहने वित्तीय दलाल पुँजीपति वर्गको स्वार्थको लागि गणतन्त्रको केही समूहले विरोध गरेको गुरुङले बताए ।

कसैले चाहँदैमा गणतन्त्र उल्टिन नसक्ने भन्दै गुरुङले सबै मिलेर वित्तीय एकाधिकार पुँजीबाट देशलाई मुक्त लाग्नुपर्नेमा जोड दिए । यसैगरी गुरुङले सरकारले साहस गरेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप