प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सफल भएको बताएका छन् । भ्रमणको क्रममा दुवै देशबीच पारवहन, सीमा, ऊर्जालगायत महत्त्वपूर्ण सहमति भएको गुरुङले बताए ।
आइतबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले भने, “सापेक्षित रुपमा प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको छ । सीमा, पारवहन, ऊर्जासहित सात बुँदे सहमति भएको छ । यो उपलब्धिमूलक हो । यसबाट दुवै देशले फाइदा लिन सक्नुपर्छ ।”
कार्यक्रममा बोल्दै गुरुङले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको अर्को विकल्प नभएको बताए । सांसदबाट पारित भइसक्दा पनि अघिल्लो राष्ट्रपतिले नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु स्वाभाविक भएको गुरुङले दाबी गरे । उनले २०७२ सालमै संविधानमा गरिएको व्यवस्था अनुसार विधेयक आएको बताए ।
राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउन केही समूहले गणतन्त्रको विरोध गरेको गुरुङले बताए । राष्ट्रियतालाई कमजोर बनाएर अस्थिरता निम्त्याउन चाहने वित्तीय दलाल पुँजीपति वर्गको स्वार्थको लागि गणतन्त्रको केही समूहले विरोध गरेको गुरुङले बताए ।
कसैले चाहँदैमा गणतन्त्र उल्टिन नसक्ने भन्दै गुरुङले सबै मिलेर वित्तीय एकाधिकार पुँजीबाट देशलाई मुक्त लाग्नुपर्नेमा जोड दिए । यसैगरी गुरुङले सरकारले साहस गरेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण