बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा पनि नागरिकता बिहीनहरुले गरे प्रदर्शन

आइतबार, २१ जेठ २०८०, २२ : ११
आइतबार, २१ जेठ २०८०

जनकपुरधाम । धनुषामा पनि नागरिकताविहिन युवाहरुले प्रदर्शन गरेका छन् । आइतबार साँझ उनीहरुले सर्वोच्च अदालतको आदेशविरुद्ध प्रदर्शन गरेका हुन् । गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता वियेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश गरेपछि नागरिकताविहिन युवाहरुले अदालत र पार्टीहरुविरुद्ध प्रदर्शन गरेका हुन् ।

एमाले सचिव रधुवीर महासेठको निर्वाचन क्षेत्रसमेत रहेको जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको सदरमुकाम महेन्द्रनगरमा युवाहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण भएपछि त्यसको विरोध गरेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टीविरुद्ध पनि प्रदर्शन गरेका छन् । 

त्यस्तै सोमवार उनीहरुले सिडिओलाई कार्यालय प्रवेश गर्न नदिने तयारी गरेका छन् । जनमत पार्टी निकट विद्यार्थी संगठन जनमत संघ धनुषाका अध्यक्ष वीरेन्द्र यादवकाअनुसार सिडिओलाई कार्यालय प्रवेश गर्न नदिने तयारी गरिएको छ ।

करिब ३ वर्षदेखि नागरिकता प्राप्तिका लागि आन्दोलन गर्दै आएका इन्जिनियर इन्द्रजित साफीसहित स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । यसअघि संघीय संसदको दुवै सदनबाट उक्त विधेयक बहुमतले पारित भएपनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन् । 

उक्त विधेयक प्रमाणीकरण भएको भोलिपल्टै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले विधेयक खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप