धनुषामा पनि नागरिकता बिहीनहरुले गरे प्रदर्शन
जनकपुरधाम । धनुषामा पनि नागरिकताविहिन युवाहरुले प्रदर्शन गरेका छन् । आइतबार साँझ उनीहरुले सर्वोच्च अदालतको आदेशविरुद्ध प्रदर्शन गरेका हुन् । गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता वियेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश गरेपछि नागरिकताविहिन युवाहरुले अदालत र पार्टीहरुविरुद्ध प्रदर्शन गरेका हुन् ।
एमाले सचिव रधुवीर महासेठको निर्वाचन क्षेत्रसमेत रहेको जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको सदरमुकाम महेन्द्रनगरमा युवाहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण भएपछि त्यसको विरोध गरेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टीविरुद्ध पनि प्रदर्शन गरेका छन् ।
त्यस्तै सोमवार उनीहरुले सिडिओलाई कार्यालय प्रवेश गर्न नदिने तयारी गरेका छन् । जनमत पार्टी निकट विद्यार्थी संगठन जनमत संघ धनुषाका अध्यक्ष वीरेन्द्र यादवकाअनुसार सिडिओलाई कार्यालय प्रवेश गर्न नदिने तयारी गरिएको छ ।
करिब ३ वर्षदेखि नागरिकता प्राप्तिका लागि आन्दोलन गर्दै आएका इन्जिनियर इन्द्रजित साफीसहित स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । यसअघि संघीय संसदको दुवै सदनबाट उक्त विधेयक बहुमतले पारित भएपनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन् ।
उक्त विधेयक प्रमाणीकरण भएको भोलिपल्टै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले विधेयक खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण