शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

रास्वपा सांसदले मागे परराष्ट्रमन्त्री साउदको राजीनामा

सोमबार, २२ जेठ २०८०, १६ : ५५
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद भनाईप्रति प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै मन्त्री साउदले भारतले संसद भवनमा राखेको नक्सामा नेपालको लुम्बिनी समावेश गरेको नेपाल सरकारलाई थाहा नभएको बताएका थिए । 

सांसद साउदको सो भनाईलाई लिएर सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भने– ‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो । रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदै छ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो । हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो पराराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ ।’

यस्तै सांसद रघुवीर महासेठ, एकनाथ ढकालले पनि भारतको संसद भवनमा भएको नक्साको बारेमा सरकारले भ्रमणको क्रममा किन प्रश्न नउठाएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप