रामहरि खतिवडाको प्रश्न : रामकृष्ण श्रेष्ठलाई अर्थ मन्त्रालयमा किन गरियो नियुक्ति ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अर्थ मन्त्रालयमा अवकाशप्राप्त कर्मचारी रामकृष्ण श्रेष्ठलाई कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको भनेर प्रश्न गर्दै यसबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तापक्षकै सांसद खतिवडाले करका दरमा हेरफेर गरिएको र गैर आधिकारिक व्यक्तिको नियुक्तिबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।
‘रामकृष्ण श्रेष्ठलाई २०७९ साल फागुन १९ गते नेपाल सरकारले नियुक्त गरेको देखिन्छ । त्यतिखेर अर्थमन्त्री को थियो, सचिव को थिए ?, उनले भने, ‘२ वर्ष अघि रिटायर्ड कर्मचारीलाई त्यहाँ नियुक्त गर्नुपर्ने जरुरी के पर्यो ?’
खतिवडाले २०७९ साल फागुन २५ बाट असारसम्म रहनेगरी श्रेष्ठलाई महिनाको ३४ हजार दिनेगरी निर्णय गरिएको भन्दै कसको इन्ट्रेस्टले नियुक्ति गरिएको त्यसबारे अर्थमन्त्रीलाई जवाफ दिन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण