आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कृष्णमोहन स्मृति ब्याडमिन्टन : एपीएफका प्रिन्स र पुलिसका बिष्णु क्वार्टरफाइनलमा

मङ्गलबार, २३ जेठ २०८०, १६ : ३३
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौं । ‘१६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुला ब्याडमिन्टन प्रतियोगिता’ को मंगलबार भएको पुरुष एकलतर्फको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका देवराज राना विजयी भएका छन् । उनले नेपाल पुलिस क्लवका हरि राईलाई २१–१३, २१–१० अंकले हराए ।
पुरुष एकलतर्फकै अर्को खेलमा त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनले एपीएफ क्लबका अमन महर्जनलाई २१–१७, २१–१७ अंक र नेपाल पुलिस क्वबका सुनिल जोसीले भोजपुरका विशाल तामाङलाई २१–११, २१–१३ अंकले पराजित गरे ।
सोही स्पर्धामा एपीएफ क्लब क्षितिज खनालले कैलालीका चन्द्रिका कथरीलाई २१–१३, २१–१३ अंक र  नेपाल पुलिस क्लबका जीवन आचार्यले त्रिभुवन आर्मी क्वबका नरेन्द्र बमलाई २१–१६, २१–१९ अंकले पाखा लगाए ।

पुरुष एकलतर्फकै खेलमा पुलिस क्लबका पूर्णबहादुर थापाले एपीएफ क्लबका प्रनिशसिंह ठकुरीलाई १८–२१, २१–१८, २१–१७ अंक, नेपाल पुलिस क्लबका बिष्णु कटुवालले एपीएफ क्लबका भोजबहादुर गुरुङलाई १०–२१, २१–१८, २१–१७ अंक र एपीएफ क्लबका प्रिन्स दाहालले आर्मी क्लबका कविर केसीलाई २१–७, २१–१२ अंकले पराजित गरे । विजयी खेलाडी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी महिला एकलतर्फ भोजपुरकी नङ्सला तामाङले कस्तुरी कलेजका सीमा राजवंशीलाई २१–१२, २१–१६ अंक र एपीएफ क्लबकी जेसीका गुरुङले त्रिभुवन आर्मी क्बलकी रिहाना शेरचनलाई २१–८, २१–६ अंकले पराजित गरिन् ।

सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले नेपाल एपीएफ क्लबकी रिना तामाङलाई २१–१७, २९–२७ अंक, एपीएफ क्लबकी सुनैना मुखियाले त्रिभुवन आर्मी क्लबकी विस्ना बिष्टलाई १६–२१, २१–१३, २१–१८ अंक र एपीएफ क्लबकी सोभा गौचनले त्रिभुवन आर्मी क्लबकी सिस्ना सीर्पालीलाई २१–१३, २१–१३ अंकले पराजित गरे ।

महिला एकलतर्फकै अन्य खेलमा त्रिभुवन आर्मी क्लबकी अमिता गिरीले काभ्रेकी सायरा प्रधानलाई २१–५, २१–३ अंक, नेपाल पुलिस क्लबकी नीता लम्सालले सर्लाहीकी निकिता लामालाई २१–१२, २१–१७ अंक र त्रिभुवन आर्मी क्लबकी रशीला मर्हजनले एपीएफ क्लवकी अन्जना राईलाइ २१–११, २१–१२ अंकले पराजित गरे ।

यसैगरी ब्वाइज यु—१२ स्पर्धामा आर्मी क्लबका सुदेश राजकोटीले काठमाडांै व्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठलाई २६–२४, २१–१९, कैलालीका आदित्य चौधरीले इन्टरनेश्नल व्याडमिन्टन डेभलभमेन्ट क्लबका अछ्यात ढुंगेललाई २१–१८, २७–२५ र एपीएफ क्लबका सफल भुजेलले भोजपुरका ट्याबुङ् राईलाई २१–७, २१–१३ अंकले हराए ।

सोही स्पर्धामा सुहम कार्कीले त्रिभुवन आर्मी क्लबका दीप थिङलाई २१–१७, २१–१२, दिपक व्याडमिन्टन एकेडेमीका देयोन भण्डारीले सक्षम गुरुङलाई २१–१, २१–१०, त्रिभुवन आर्मी क्लबका रिजन मगरले नेपाल पुलिस स्कुल साँगाका ईशान गिरीलाई २१–१२, २१–१४, दाङका ज्योति आदित्य चौधरीले सन्दीप राईलाई २१–८, २१–१७, एपीएफ क्लबका आरुष सिंखडाले आईबीएससी ईमाडोलका प्रिन्स थापामगरलाई २१–४, २१–८ अंकले हराए । प्रतियोगिता एपीएफ क्लवले आयोजना गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप