सहिमाको ‘पान पाते ओठ’मा सन्दीप र भावनाको रोमान्स
बुधबार, २४ जेठ २०८०, १० : १२
काठमाडौँ । गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीत ‘पान पाते ओठ’ सार्वजनिक भएको छ । गीतमा शेर साउदको शब्द र सङ्गीत तथा एचबीएन किस्मतको एरेन्ज छ ।
शेर साउद निर्देशित भिडियोमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी, शेर साउद र भावना गुरुङको अभिनय छ । भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, नविन उप्रेतीको सम्पादन, मनोज कार्कीको जीएफएक्स र कलर छ ।
गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीत चलेका गीतमा पर्छन् । नयाँ गीत ‘पान पाते ओठ’बाट गायक न्यौपाने आशावादी छन् । गीतको भिडियो गायक न्यौपानेको आफ्नै च्यानलबाट सार्वजनिक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण