सन्न्यास फिर्ता लिएर टोलीमा फर्किए अलराउन्डर मोइन अली
काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली क्रिकेटर मोइन अली आफ्नो सन्न्यास फिर्ता लिएर पुनः राष्ट्रिय टेस्ट टोलीमा फर्किएका छन् । उनलाई अस्ट्रेलियाविरुद्घको एसेस टेस्ट शृंखलाका लागि इङ्ल्यान्डको टोलीमा समावेश गरिएको हो ।
३५ वर्षीय मोइन अलीले सन् २०२१ को सेप्टेम्बरमा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । उनले त्यतिबेला भएको इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखलालगत्तै टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यसयता उनले पहिलो श्रेणीको क्रिकेट खेलेका छैनन् ।
अस्ट्रेलियाविरुद्घको एसेस शृंखलाका लागि मोइन अलीलाई स्पिनर ज्याक लिचको स्थानमा टोलीमा समावेश गरिएको हो । ज्याक लिच भने स्वास्थ्य समस्याका कारण एसेस शृंखलाबाट बाहिरिएका हुन् । इङ्ल्यान्डका प्रशिक्षक ब्रेन्डन म्याककुलुम र कप्तान बेन स्टोक्ससँग लामो समय छलफल गरेपछि मोइन अलीले आफ्नो सन्न्यास फिर्ता लिएका हुन् ।
अलराउन्डर मोइन अलीले इङ्ल्यान्डका लागि हालसम्म ६४ टेस्ट खेलेर कुल दुई हजार नौ सय १४ रन बनाएका छन् । उनले इङ्ल्यान्डका लागि टेस्ट क्रिकेटमा एक सय ९५ विकेट पनि लिएका छन् । अस्ट्रेलियाविरुद्घको टेस्टमा भने अफ स्पिनर मोइन अलीको प्रदर्शन मिश्रित छ । अस्ट्रेलियाविरुद्घ ११ वटा टेस्ट खेल्दै उनले २० विकेट लिएका छन् । उनले अस्ट्रेलियाविरुद्घको टेस्ट क्रिकेटमा २५.०५ को औसतले कुल चार सय ७६ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
प्रस्तावित ‘कुलिङ पिरियड’ र थप अनुभवको सर्तप्रति गभर्नर पौडेलको असहमति, भने – ‘यो व्यावहारिक छैन’
-
स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
-
युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु
-
कक्षा १२ प्राविधिक धार तर्फका विद्यार्थीका माग सम्बोधन गर्न ध्यानाकर्षण
-
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण