मोरङमा स्कुटरलाई ठक्कर दिने बसमा आगजनी
बिहीबार, २५ जेठ २०८०, १७ : ५३
मोरङ । मोरङ सडक दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बसमा आगजनी गरेका छन् । बिहीबार पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् ।
मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ मङ्गलबारेमा मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहिचान नखुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले बताए ।
चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ का टंकप्रसाद सुवेदीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
-
गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म
-
प्रतिक थापा कारागारबाट छुटे, अख्तियारबाट तारेखमा छुट्दै
-
अमूर्त लगानीमा एआईकाे नयाँ कीर्तिमान
-
राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण