कामना सेवाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
शुक्रबार, २६ जेठ २०८०, १० : ०६
काठमाडौँ । कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार राष्ट्रिय नाच घरमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
बैंकले लिटल मिस एन्जल २०२३ का सहभागीहरु र उनीहरुका अभिभावकहरुलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा ३५ भन्दा बढि सहभागी बाल बालिकाहरु र उनीहरुका अभिभावकहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा सहभागीहरुलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण