पिठोमा किरा परेर हैरान हुनुभएको छ ? यी पाँच तरिकाले हट्नेछन्
यस्ता धेरै खानेकुरा छन् जसमा छिट्टै किरा पर्छन् र तीमध्ये एक हुन् पिठो । यो समस्याले धेरैलाई सताइरहेको हुनसक्छ । किरा परेपछि यो खान दिगमिग लाग्न सक्छ त्यसैले पिठो नै फ्याँक्न बाध्य हुनुपर्छ । आज हामी तपाईंलाई यसबाट पार पाउने केही घरेलु तरिकाबारे जानकारी दिँदै छौँ ।
पिठोलाई घाममा राख्नुहोस्
यदि सुजी र पिठोमा कीरा परेका छन् भने, त्यसलाई हटाउन घामको किरण देखाउनु राम्रो विकल्प हो । यसका लागि भाँडा वा सफा कपडामा पिठो हालेर केही समय चर्को घाममा राख्नुहोस् । यसो गर्दा किराहरू हराउनेछन् । यति मात्र होइन, घरमा धेरै पिठो छ भने त्यसलाई समय–समयमा घाममा राख्नुहोस् ।
छान्नेको मद्दत लिनुहोस्
पिठोबाट कीरा हटाउनका लागि छान्नेको मद्दत पनि लिन सक्नुहुन्छ । यसका लागि मसिनो प्वाल भएको छान्ने लिनुहोस् र पिठोलाई दुईदेखि तीन पटक राम्ररी छान्नुहोस् । यसो गर्दा पिठोमा भएका किरा छान्नेमै अड्किन्छ र यो पूर्ण रूपमा सफा हुनेछन् ।
नुन प्रयोग गर्नुहोस्
पिठोमा किरा नपरोस् भन्ने चाहनुहुन्छ भने नुनको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि ढिके नुनका केही टुक्रा लिएर यसलाई पिठोको डब्बामा राख्नुहोस् । यसले पिठोमा किरा लाग्न दिँदैन ।
ल्वाङ प्रयोग गर्नुहोस्
पिठोलाई किराबाट जोगाउन तपाईंले ल्वाङ पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले पिठोको डब्बामा ८–१० वटा ल्वाङ राख्नुहोस् ।
चिसो ठाउँबाट टाढा राख्नुहोस्
पिठोमा किरा नपरोस् भन्ने चाहनुहुन्छ भने पिठोलाई चिसो नभएको ठाउँमा राख्नुहोस् । साथै पिठोलाई हल्का भुटेर राख्दा पनि किरा पर्ने समस्या हट्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण