महालेखाले प्रतिवदेनमा लेखेको ‘सुनको जलहरी’को कुरा संसदको रेकर्डबाट हटाइएकोमा खतिवडाको आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथको मन्दिरमा जलहरी राख्दा सुन हराएको महालेखाको प्रतिवेदनको कुरा संसद्को रेकर्डबाट हटाइएकोमा आपत्ति जनाएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले संसद्लाई हल्का रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै संसदमा छलफल हुनुपर्ने विषय रेकर्डबाट हटाउने परम्परा अन्त्य गर्न माग गरे ।
‘कसैको सत्ता आवेग, सत्ता पाउने वा नपाउने आवेगको केन्द्र संसद् नबनोस् । संसदमा छलफल हुने विषय वस्तु रेकर्डबाट हटाउने परम्परा अन्त्य होस् । हामी संसद्लाई सार्वभौम सत्ता सम्पन्न बनाउन चाहन्छौँ । महालेखाको प्रतिवेदन ५१६ मा सुनको जलहरी निर्माण प्रक्रियामा १०७ किलो सुन ९२४ ग्राम प्रयोग गर्ने उल्लेख गरिएको हुन्छ त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राम मात्र प्रयोग गरिएको र १० किलो सुन ९ सय ७६ ग्राम सुन बेपत्ता भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ,’ उनले भने- ‘ त्यो कुरा संसदमा बोल्न महालेखाको प्रतिवेदन हामीलाई दिएको हो । त्यो कुरा बोल्दाखेरि संसद्को रेकर्डबाट हटाउने कुराको म विरुद्धमा छु । यी कुरा उठाउँदा ३ चोटी, ४ चोटी संसदबाट डिलिट हुन्छ भने पनि जनताको मनबाट डिलिट हुन सक्दैन । यो विषय संसदमा छलफल हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण