क्रिकेटमा कर्णालीको ऐतिहासिक सफलता : राष्ट्रिय स्तरको खेलमा प्रथम उपाधि
सुर्खेत । शुक्रबार जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले प्रथम स्थान हासिल गरेर इतिहास रच्न सफल भएको छ ।
शुक्रबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले पराजित गर्दै कर्णालीले उपाधि हात पारेको हो । कर्णालीले जितका लागि सुदूरपश्चिम प्रदेशलाई १४१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको सुदूरपश्चिम मात्र ८९ रनमा अल आउट भएको थियो ।
कर्णालीका लागि युनिक विक्रम सिंहले सर्वाधिक ३ विकेट लिएका थिए ।
ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो भने कर्णालीका लागि ओपनर रविन्द्रजंग शाहीले २७ बलमा २१ रन बनाएका थिए ।
विगत पाँच वर्षदेखि नै राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको कर्णालीले हालसम्म कुनै स्थानमा आफूलाई उकाल्न सकेको थिएन । तर, पछिल्लो समय कर्णालीले खेलकुद क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ – अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
-
ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण