जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ

लस एन्जलस । मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका मन जितेका अस्ट्रेलियाली अभिनेता क्रिस हेम्सवर्थले ‘आरआरआर’ अभिनेता जुनियर एनटीआर र रामचरणसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।
हाल ‘एक्सट्रेक्सन २’को प्रचारमा व्यस्त क्रिसले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ हेरेपछि दुई अभिनेतासँग सहकार्यको चाहना व्यक्त गरेका हुन् ।
‘हालै मात्र मैले आरआरआर हेरें । मलाई लाग्छ कि यो फिल्म अविश्वसनीय थियो । मलाई यो कुराको दुःख छ कि मलाई दुवै अभिनेताको नाम थाहा छैन । उनीहरू कमालका थिए । उनीहरूसँग अभिनय गर्ने मौका पाए म आफूलाई भाग्यमानी सम्झन्थेँ’, उनले भनेका छन् ।
क्रिस अघि ‘गार्डियन अफ ग्यालेक्सी’का निर्देशक र डिसी स्टुडियोका सहअध्यक्ष जेम्स गुनले पनि जुनियर एनटीआरसँग सहकार्य गर्न चाहेको बताएका थिए ।
‘आरआरआर’ गत वर्षको ब्लकबस्टर फिल्ममध्येमा पर्दछ । फिल्मले ‘गोल्डन ग्लोब’ र ‘ओस्कार’ दुवैमा ‘बेस्ट ओरिजनल सङ’को अवार्ड जितेको थियो । फिल्ममा अजय देवगन र आलिया भट्टको पनि अभिनय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल
-
ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’