३२ वर्षपछि रजनीकान्त र अमिताभको सहकार्य
शनिबार, २७ जेठ २०८०, १५ : ५५
मुम्बई । अभिनेता रजनीकान्त र अमिताभ बच्चन क्रमशः साउथ र हिन्दी फिल्म उद्योगका मेगास्टार हुन् । यी दुई दिग्गज अभिनेता ३२ वर्षपछि फिल्ममा सहकार्य गर्दैछन् । रजनीकान्तले अमिताभसँग उनको फिल्म ‘थलाइवर १७०’मा सहकार्य गर्न लागेका हुन् ।
तमिल सुपरस्टार रजनीकान्त हाल ‘जेलर’ र ‘लाल सलाम’मा व्यस्त छन् । यी दुई फिल्मपछि उनी टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’मा जोडिनेछन् । यो रजनीकान्तको करियरको १ सय ७० औं फिल्म हो । फिल्ममा अमिताभको महत्वपूर्ण भूमिका रहनेछ ।
फिल्म ‘पोन्नियन सेल्भन’ अभिनेता चियान विक्रमलाई सुरुमा अमिताभले निभाउने चरित्र प्रस्ताव गरिए पनि उनले समय नदिएपछि अमिताभले त्यो चरित्र निभाउन लागेका हुन् । अमिताभ र रजनीकान्तले सन् १९९१ को एक्सन ड्रामा फिल्म ‘हम’मा अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण