गठबन्धनका कारण देशमा अराजकता मौलायो: नेता ज्ञवाली
धनकुटा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन् । नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले एमाले नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको नेता ज्ञवालीले बताएका हुन् ।
संसद्बाट निर्वाचित हुनुपर्ने ठाउँमा अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै अराजकताको सुरुवात भएको उनको भनाई छ । ‘गठबन्धन र गठबन्धन सरकारले गर्न हुने/नहुने सबै काम गरिरहेको छ, यसले देश अराजकता तर्फ गइरहेको छ, देश आर्थिक मन्दीमा फसेको छ,’ नेता ज्ञवालीले भने, ‘काठमाडौँका ३० प्रतिशत व्यापारिक सटरहरु बन्द भएका छन्, नागरिकहरू आर्थिक मन्दीले थप निराश छन् ।’
गठबन्धन सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानुनी साँठगाँठ र बजेट निर्माणमा मनपरी गरेको भन्दै उनले गठबन्धनकै कारण अहिले देश अराजकतासँगै आर्थिक सङ्कटमा फसेको उल्लेख गरे । कोशी प्रदेशको नामकरणका विषयमा सरकारमै रहेका दलहरूकै नेता कार्यकर्ताको संलग्नतामा एमाले नेताहरूलाई आक्रमण गरेर अराजकतालाई थप उदाङ्गो पारिएको नेता ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण