शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनका कारण देशमा अराजकता मौलायो: नेता ज्ञवाली

शनिबार, २७ जेठ २०८०, १९ : २४
शनिबार, २७ जेठ २०८०

धनकुटा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन् । नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले एमाले नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको नेता ज्ञवालीले बताएका हुन् । 

संसद्बाट निर्वाचित हुनुपर्ने ठाउँमा अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै अराजकताको सुरुवात भएको उनको भनाई छ । ‘गठबन्धन र गठबन्धन सरकारले गर्न हुने/नहुने सबै काम गरिरहेको छ, यसले देश अराजकता तर्फ गइरहेको छ, देश आर्थिक मन्दीमा फसेको छ,’ नेता ज्ञवालीले भने, ‘काठमाडौँका ३० प्रतिशत व्यापारिक सटरहरु बन्द भएका छन्, नागरिकहरू आर्थिक मन्दीले थप निराश छन् ।’

गठबन्धन सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानुनी साँठगाँठ र बजेट निर्माणमा मनपरी गरेको भन्दै उनले गठबन्धनकै कारण अहिले देश अराजकतासँगै आर्थिक सङ्कटमा फसेको उल्लेख गरे । कोशी प्रदेशको नामकरणका विषयमा सरकारमै रहेका दलहरूकै नेता कार्यकर्ताको संलग्नतामा एमाले नेताहरूलाई आक्रमण गरेर अराजकतालाई थप उदाङ्गो पारिएको नेता ज्ञवालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप