बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अमेजनको जंगलमा ४० दिनपछि भेटिएका बालबालिकालाई आफन्तको जिम्मा लगाइयो

आइतबार, २८ जेठ २०८०, १० : ३५
आइतबार, २८ जेठ २०८०

बोगोटा । कोलम्बियाको अमेजन जङ्गलमा ४० दिनपछि भेटिएका चार बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ। 

अमेजनको वर्षा जंगलमा ४० दिन पछि जिउँदै फेला परेका  बालबालिकामा १३, नौ, पाँच र एक वर्षका भाइबहिनीहरू रहेका थिए । 

‘उनीहरु धेरै नै कमजोर भएका छन् तर आफ्नो परिवार देख्न पाउँदा उनीहरु खुसी देखिएका छन्,’ उनीहरूका हजुरबुवा फिडेनसियो भ्यालेन्सियाले भने।

 सेना र स्थानीयको एक महिनाभन्दा बढी खोजीपछि शुक्रबार चारजना बालबालिकालाई जिबितै फेला पारेका हुन् । गत मे १ मा विमान दुर्घटना हुँदा उनीहरु बेपत्ता भएका थिए । दुर्घटनामा उनीहरुकी आमा र दुई पाइलटको मृत्यु भएको छ । 

उद्धारकर्ताहरूले जंगलमा पाइलाको छाप र टोकेको फलहरूसहित चिन्हहरू देखे पछि उनीहरूको खोजीलाई तीब्र पारिएको थियो । जसअनुसार शुक्रबार उनीहरुलाई ४० दिन पछि सकुशल फेला पारिएकाे थियाे । 

त्यस क्रममा अर्थात एक वर्षको बालक र अर्को पाँच वर्षको बालकले आफ्नो जन्मदिन जंगलमा मनाएका थिए । सुरक्षा अधिकारीहरुका अनुसार सबैभन्दा जेठी १३ वर्षीया लेस्लीले उनीहरूलाई जंगलमा कसरी जिउँदै रहने भन्ने  मार्गदर्शन गरेकी थिइन् । सो क्रममा उनीहरुले जंगली फलफूल खाएर बाँचेका थिए । उनीहरुले घना जंगलका बिचमा कसरी आफनो जीवनलाई काबुमा राख्ने भन्ने कुरा जानेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । 

‘तिनीहरू थोरै बोलिरहेका छन् र तिनीहरूमध्ये दुईले खेल्नसमेत थालेका छन्,’ कोलम्बिया अस्पतालका एक स्वास्थ्य अधिकारीहरूले बीबीसीलाई भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप