अमेजनको जंगलमा ४० दिनपछि भेटिएका बालबालिकालाई आफन्तको जिम्मा लगाइयो
बोगोटा । कोलम्बियाको अमेजन जङ्गलमा ४० दिनपछि भेटिएका चार बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ।
अमेजनको वर्षा जंगलमा ४० दिन पछि जिउँदै फेला परेका बालबालिकामा १३, नौ, पाँच र एक वर्षका भाइबहिनीहरू रहेका थिए ।
‘उनीहरु धेरै नै कमजोर भएका छन् तर आफ्नो परिवार देख्न पाउँदा उनीहरु खुसी देखिएका छन्,’ उनीहरूका हजुरबुवा फिडेनसियो भ्यालेन्सियाले भने।
सेना र स्थानीयको एक महिनाभन्दा बढी खोजीपछि शुक्रबार चारजना बालबालिकालाई जिबितै फेला पारेका हुन् । गत मे १ मा विमान दुर्घटना हुँदा उनीहरु बेपत्ता भएका थिए । दुर्घटनामा उनीहरुकी आमा र दुई पाइलटको मृत्यु भएको छ ।
उद्धारकर्ताहरूले जंगलमा पाइलाको छाप र टोकेको फलहरूसहित चिन्हहरू देखे पछि उनीहरूको खोजीलाई तीब्र पारिएको थियो । जसअनुसार शुक्रबार उनीहरुलाई ४० दिन पछि सकुशल फेला पारिएकाे थियाे ।
त्यस क्रममा अर्थात एक वर्षको बालक र अर्को पाँच वर्षको बालकले आफ्नो जन्मदिन जंगलमा मनाएका थिए । सुरक्षा अधिकारीहरुका अनुसार सबैभन्दा जेठी १३ वर्षीया लेस्लीले उनीहरूलाई जंगलमा कसरी जिउँदै रहने भन्ने मार्गदर्शन गरेकी थिइन् । सो क्रममा उनीहरुले जंगली फलफूल खाएर बाँचेका थिए । उनीहरुले घना जंगलका बिचमा कसरी आफनो जीवनलाई काबुमा राख्ने भन्ने कुरा जानेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
‘तिनीहरू थोरै बोलिरहेका छन् र तिनीहरूमध्ये दुईले खेल्नसमेत थालेका छन्,’ कोलम्बिया अस्पतालका एक स्वास्थ्य अधिकारीहरूले बीबीसीलाई भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण