आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुद्वारा थाल ठटाएर विरोध प्रदर्शन (तस्बिरहरु)

आइतबार, २८ जेठ २०८०, १२ : ३०
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको ग्यारेन्टी नभएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेको छ । समितिले कर्मचारीहरुको विभिन्न सेवा सुविधाका विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको भन्दै त्यसको विरोधमा खाली थाल बजाएर प्रदर्शन गरेका हुन ।

उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघरसम्म विरोध र्यालीको आयोजना गरेका थिए । प्रदर्शनमा नीति तथा कार्यक्रममा उल्लेख भएको विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधा बजेटमा पनि समावेश गर्न गर्न माग गरेका छन् ।

pradarsan (2)pradarsan (3)pradarsan (4)pradarsan (5)pradarsan (6)pradarsan (7)pradarsan (8)pradarsan (9)pradarsan (10)pradarsan (11)pradarsan (12)pradarsan (13)pradarsan (14)pradarsan (15)pradarsan (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप