शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्ली उडे महन्थ ठाकुर

आइतबार, २८ जेठ २०८०, १३ : ३३
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान गरेका छन् । अध्यक्ष ठाकुर दिउँसो १ः२५ बजे भारत प्रस्थान गरेका हुन् । उनी स्वास्थ्य उपचारका लागि भारत गएको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारत भ्रमण सकेर फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड दिल्ली जानुअघि जनमत पार्टीका अध्यक्ष सिके राउत पनि दिल्ली पुगेका थिए । राउत भारतीय जनता पार्टीका नेता तथा सरकार पक्षका केही व्यक्तिलाई भेटेर फर्केका थिए । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि त्यसतर्फ गएका थिए । त्यसको केही दिनपछि महानगरपालिका मेयर बालेन साह पनि भारत पुगेका थिए । उनीहरु आफ्नो व्यक्तिगत कामका लागि भारत गएको दावी गरिएको छ ।

सोही सिलसिलामा लोसपाका अध्यक्ष ठाकुर पनि दिल्ली जान लागेको बुझिएको छ । स्वास्थ्य उपचारपछि ठाकुरले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको स्रोतले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप