केन्द्रीय बैंकमार्फत ४९ खर्ब ४९ अर्ब तरलता प्रवाह
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा केन्द्रीय बैंकले ४९ खर्ब ४९ अर्ब ४७ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरेको छ । समीक्षा अवधिमा केन्द्रीय बैंकबाट रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिद बोलकबोल मार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ९६ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत १७ खर्ब १८ अर्ब ८ करोड रुपैयाँ गरी कुल ४९ खर्ब ४९ अर्ब २२ करोड (कारोबारमा आधारित) रुपैयाँ तरलता प्रवाह गरिएको बैंकले जनाएको हो ।
यद्यपि, सोही अवधिमा रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ बजारबाट तरलता प्रशोचन गरिएको समेत बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरूमार्फत खुद ७३ खर्ब ४२ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी ६ खर्ब १९ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको समेत बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी २ खर्ब ५६ अर्ब ७३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८६ करोड बिक्री गरी ५ खर्ब ४ अर्ब ११ करोड रुपैयाँ बराबरको भारतीय मुद्राको खरिद गरिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ९६ करोड बिक्री गरी रु.४७५ अर्ब ६८ करोड रुपैयाँ बराबरको भारतीय मुद्रा खरिद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण