एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरि खतिवडा
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन् । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रदर्शन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए ।
‘प्रतिपक्ष यस्तो अनम्याच्युअर छ । एकछिन जुरुक्क उठेर संसदतिर घेर्न पुग्छ । किनभन्दा जलहरीको सुन हरायो रे । ए बाबा, महालेखाको प्रतिवेदनमा हरायो भनेकै छ । महालेखाको प्रतिवेदन सबै सांसदको हातहातमा दिएको छ’ उनले भने, ‘त्यो बारेमा छलफल गर्नैछ । हामीलाई चिन्ता के हो भने पशुपतिनाथ संसारकै देउताको मन्दिरमा राख्न लागेको दश किलो सुन त बदमासी गर्नेले देशलाई के गर्लान् ? कसले गर्यो ? म भन्दिन ।’
सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको जलहरि प्रकरणबारे आफूहरुले संसदमा फेरि पनि कुरा उठाउने बताए । सांसद खतिवडाले संसदमा उठेका सबै विषयमा छलफल गर्न संसद स्वतन्त्र हुुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण