आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरि खतिवडा

आइतबार, २८ जेठ २०८०, १७ : ५५
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन् । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रदर्शन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए ।

‘प्रतिपक्ष यस्तो अनम्याच्युअर छ । एकछिन जुरुक्क उठेर संसदतिर घेर्न पुग्छ । किनभन्दा जलहरीको सुन हरायो रे । ए बाबा, महालेखाको प्रतिवेदनमा हरायो भनेकै छ । महालेखाको प्रतिवेदन सबै सांसदको हातहातमा दिएको छ’ उनले भने, ‘त्यो बारेमा छलफल गर्नैछ । हामीलाई चिन्ता के हो भने पशुपतिनाथ संसारकै देउताको मन्दिरमा राख्न लागेको दश किलो सुन त बदमासी गर्नेले देशलाई के गर्लान् ? कसले गर्यो ? म भन्दिन ।’ 

सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको जलहरि प्रकरणबारे आफूहरुले संसदमा फेरि पनि कुरा उठाउने बताए । सांसद खतिवडाले संसदमा उठेका सबै विषयमा छलफल गर्न संसद स्वतन्त्र हुुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप