सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

आइतबार, २८ जेठ २०८०, २१ : ३५
आइतबार, २८ जेठ २०८०

भक्तपुर ।  भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सूर्यविनायक नगरपालिका–४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ओम सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासङ्घले सेमिफाइनलमा स्थान बनाएका हुन ।

आज सम्पन्न क्वाटरफाइनलमा आयोजक ओम सिर्जनशील समाजले गान्धी आदर्श टिमलाई २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युटन एकेडेमीले कागेश्वरी मनोहरालाई २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा स्थान बनाएको छ ।

त्यस्तै गणतान्त्रिक खेलकुद महासङ्घले भक्तपुर जिल्ला खेलकुद विकास समिति टिमलाई २५–१० र २५–२१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । लिखु–८ ले लिखु सेवा समाजलाई २५–२३ र २६–२४ ले पछि पार्दै सेमिफाइनलमा पुगेको छ । शनिबारदेखि सुरू भएको प्रतियोगितामा आठ जिल्लाका १० टिमको सहभागिता छ । 

ओम सिर्जनशील समाजले आयोजना गरेको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताउनुभयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप