१०० किलोवाट विद्युतीय गाडी चढ्नेहरु आम नागरिक होइनन् : अर्थमन्त्री डा.महत
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजित बजेटले विद्युतीय गाडीमा कर वृद्धि गरिएकोमा तीव्र विरोध भएको भन्दै आफूले वस्तुपरक भएर करका दर हेरफेर गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री महतले भने, ‘माननीयहरूले आम सर्वसाधारण जनताले चढ्ने गाडीमा कर वृद्धि गरेर उच्च वर्गले चढ्ने गाडीको कर किन घटाइयो ? भनेर प्रश्न गर्नु भएको छ । तर १०० किलोवाटको गाडी चढ्नेहरु आम नागरिक होइनन् । यसैपनि विद्युतीय गाडी महँगो छ । यो वा त्यो हेरेर विद्युतीय गाडीमा कर परिमार्जन नगरेर व्यवहारिक पक्षलाई हेरेर ५ वर्गमा वर्गीकरण गरेर गाडीमा कर व्यवस्थित गरिएको हो ।’
अर्थमन्त्री डा.महतले विद्युतीय गाडीमा प्राविधिक पक्षमा चलखेल गरेर कर छली गर्न सकिने अवस्था समेत रहेको बुझिएकाले आफूले त्यसलाई रोक्न पनि करलाई व्यवस्थित गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण