बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रणबीर–आलियाको ‘रामायण’ मा रावणको खोजी, कति कलाकारले गरे अस्वीकार

मङ्गलबार, ३० जेठ २०८०, १२ : १३
मङ्गलबार, ३० जेठ २०८०

रामायणमा बनिरहेको ‘आदिपुरुष’ को त आजकाल व्यापक चर्चा छ तर बलिउडमा पछिल्लो निकै समयदेखि रामायणमा आधारित अर्को एउटा फिल्ममा काम चलिरहेको छ । ‘दङ्गल’ र ‘छिछोरे’ जस्ता फिल्म बनाइसकेका नितेश तिवारी निकै लामो समयदेखि रामायणलाई ठुलो पर्दामा देखाउने तयारी गरिरहेका छन् । नितेशको रामायणमा रणबीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा देखिनेछन् भन्ने खबर आइसकेको छ ।

रावणको भूमिका लागि केजीएफ फिल्मबाट ख्याति पाएका यशलाई प्रस्ताव राखिएको खबरले धेरैलाई उत्साहित बनाएको थियो तर पछिल्लो रिपोर्टमा यशले रावणको भूमिका गर्न अस्वीकार गरेका छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यशलाई नितेश तिवारीको स्क्रिप्ट त राम्रो लाग्यो तर उनले आफूलाई नकारात्मक भूमिकाबाट टाढा राखेका छन् । आफ्नो सफलतापछि यश नकारात्मक भूमिकाबाट बचिरहेका छन् । यतिबेला नकारात्मक भूमिका गर्नाले प्रशंसकलाई चोट लाग्ने उनी मान्यता राख्छन् ।

स्मरण रहोस्, यसअघि नितेशको रामायणमा ऋतिक रोशन रावण बन्ने रिपोर्ट आएको थियो । तर पछि ‘वार टु’, ‘फाइटर’ र ‘कृष ४’ मा काम गर्ने तयारी गरिरहेका ऋतिकसँग समयको अभावका कारण उनले यो प्रोजेक्ट गर्न नसकेको जानकारी आयो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप