रणबीर–आलियाको ‘रामायण’ मा रावणको खोजी, कति कलाकारले गरे अस्वीकार
रामायणमा बनिरहेको ‘आदिपुरुष’ को त आजकाल व्यापक चर्चा छ तर बलिउडमा पछिल्लो निकै समयदेखि रामायणमा आधारित अर्को एउटा फिल्ममा काम चलिरहेको छ । ‘दङ्गल’ र ‘छिछोरे’ जस्ता फिल्म बनाइसकेका नितेश तिवारी निकै लामो समयदेखि रामायणलाई ठुलो पर्दामा देखाउने तयारी गरिरहेका छन् । नितेशको रामायणमा रणबीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा देखिनेछन् भन्ने खबर आइसकेको छ ।
रावणको भूमिका लागि केजीएफ फिल्मबाट ख्याति पाएका यशलाई प्रस्ताव राखिएको खबरले धेरैलाई उत्साहित बनाएको थियो तर पछिल्लो रिपोर्टमा यशले रावणको भूमिका गर्न अस्वीकार गरेका छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यशलाई नितेश तिवारीको स्क्रिप्ट त राम्रो लाग्यो तर उनले आफूलाई नकारात्मक भूमिकाबाट टाढा राखेका छन् । आफ्नो सफलतापछि यश नकारात्मक भूमिकाबाट बचिरहेका छन् । यतिबेला नकारात्मक भूमिका गर्नाले प्रशंसकलाई चोट लाग्ने उनी मान्यता राख्छन् ।
स्मरण रहोस्, यसअघि नितेशको रामायणमा ऋतिक रोशन रावण बन्ने रिपोर्ट आएको थियो । तर पछि ‘वार टु’, ‘फाइटर’ र ‘कृष ४’ मा काम गर्ने तयारी गरिरहेका ऋतिकसँग समयको अभावका कारण उनले यो प्रोजेक्ट गर्न नसकेको जानकारी आयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण