शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अवैध रूपमा नेपाल ल्याइएको सामान बरामद

मङ्गलबार, ३० जेठ २०८०, १२ : ५१
मङ्गलबार, ३० जेठ २०८०

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार इलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।

यसैगरी नम्बर ३४ गण कैलालीले जेठ २९ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ चटकपुर इलाकाबाट भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप