प्रदीप, आर्यन, अभिषेक र प्रणव सेमिफाइनलमा
काठमाडौँ । प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रदीपले आरभसम्राट हाडालाई ७–६, १–६ र ६–३, आर्यनले आयुशमान हजुर घलेलाई ६–१, ६–७ र ६–१, अभिषेक बास्तोलाले निशान श्रेष्ठलाई ६–१ र ६–० तथा प्रणवले अकी जुवेन रावतलाई ७–६, ६–७ र ६–४ को सेटमा पराजित गरे । प्रदीप र अभिषेक चीनमा हुने एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए । उनले फाइनलमा मनोज राणालाई ७–६ (४) र ६–३ ले हराए । यु–१० गल्र्स सिंगल्स फाइनलमा अनुश्री धोजुले जेनिशा ज्ञवालीलाई ६–२, ४–६ र १०–६ ले पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरिन् ।
भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल साइ/गोपी भट्टराई तथा जितेन्द्र परियार/महेश श्रेष्ठको जोडी फाइनलमा भिड्ने भएका छन् । ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही/डेगेन्द्र श्रेष्ठ तथा मोहम्मद युनुस/अन्वर अलीको जोडीले स्वर्ण भिडन्त पक्का गरे । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले फाइनल यात्रा तय गरे ।
यु–९ सिंगल्सको ब्वाइज अर्याशराज पौडेल र र निश्चल ज्ञवाली तथा गर्ल्समा सरा पन्त र थैय श्रेष्ठले फाइनलमा स्थान पक्का गरे । यु–१२ सिंगल्सको ब्वाइज असभसम्राट हाडा र हभिस वंशल तथा गर्ल्समा साल्भी शेरचन र आयुश जिसीले फाइनलमा स्थान पक्का गरे । यु–१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र वृजेश अर्याल सेमिफाइनलमा पुग्न सफल भए । सो स्पर्धाको गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर, समृद्धि महर्जन र स्वस्तिका विष्ट सेमिफाइनलमा पुगे ।
यु–१६ ब्वाइज सिंगल्समा वृजेश अर्याल, राजवीर प्रधान, आयुशमान हजुर घले र शंकर हैसनान्ले सेमिफाइनलमा स्थान पक्का गरे । उक्त स्पर्धाको गर्ल्समा प्राज्ना मानन्धर, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण