मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रदीप, आर्यन, अभिषेक र प्रणव सेमिफाइनलमा

बुधबार, ३१ जेठ २०८०, २० : ५०
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रदीपले आरभसम्राट हाडालाई ७–६, १–६ र ६–३, आर्यनले आयुशमान हजुर घलेलाई ६–१, ६–७ र ६–१, अभिषेक बास्तोलाले निशान श्रेष्ठलाई ६–१ र ६–० तथा प्रणवले अकी जुवेन रावतलाई ७–६, ६–७ र ६–४ को सेटमा पराजित गरे । प्रदीप र अभिषेक चीनमा हुने एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए । उनले फाइनलमा मनोज राणालाई ७–६ (४) र ६–३ ले हराए ।  यु–१० गल्र्स सिंगल्स फाइनलमा अनुश्री धोजुले जेनिशा ज्ञवालीलाई ६–२, ४–६ र १०–६ ले पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरिन् ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल साइ/गोपी भट्टराई तथा जितेन्द्र परियार/महेश श्रेष्ठको जोडी फाइनलमा भिड्ने भएका छन् । ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही/डेगेन्द्र श्रेष्ठ तथा मोहम्मद युनुस/अन्वर अलीको जोडीले स्वर्ण भिडन्त पक्का गरे । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले फाइनल यात्रा तय गरे ।

यु–९ सिंगल्सको ब्वाइज अर्याशराज पौडेल र र निश्चल ज्ञवाली तथा गर्ल्समा सरा पन्त र थैय श्रेष्ठले फाइनलमा स्थान पक्का गरे । यु–१२ सिंगल्सको ब्वाइज असभसम्राट हाडा र हभिस वंशल तथा गर्ल्समा साल्भी शेरचन र आयुश जिसीले फाइनलमा स्थान पक्का गरे । यु–१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र वृजेश अर्याल सेमिफाइनलमा पुग्न सफल भए । सो स्पर्धाको गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर, समृद्धि महर्जन र स्वस्तिका विष्ट सेमिफाइनलमा पुगे । 

यु–१६ ब्वाइज सिंगल्समा वृजेश अर्याल, राजवीर प्रधान, आयुशमान हजुर घले र शंकर हैसनान्ले सेमिफाइनलमा स्थान पक्का गरे । उक्त स्पर्धाको गर्ल्समा प्राज्ना मानन्धर, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप