आवासीय भवनमा आगलागी हुँदा ५ बालबालिकासहित ६ जनाको मृत्यु
बिहीबार, ३२ जेठ २०८०, १६ : ३४
कुशीनगर । कुशीनगरको एक आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा बुधबार राति भीषण आगलागी हुँदा एक जना महिला र पाँच बालबालिका सहित ६ जनाको मृत्यु भएको जिल्लाका मजिस्ट्रेट रमेश रञ्जनले जनाएका छन् । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । सुतिरहेको अवस्थामा महिला र बालबालिकाको मृत्यु भएको हो ।
आगालागीको खबर प्राप्त हुनासाथ दमकलले घटनास्थलमा पुगेर आगो निभाएको थियो। जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले पनि घटनास्थल पुगेर अग्निसमनमा समन्वय गरेका थिए । उनीहरुले शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पताल पठाएर घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण