प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया
प्रस्तावित प्रधानन्यायाधीशसँग आज सांसदहरूको सवाल–जवाफ
शुक्रबार, ०१ असार २०८०, ०६ : २२
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ । हिजाे (बिहीबार) सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज पनि सुनुवाइका लागि बोलाइएको हो ।
बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गरेका थिए । आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् ।
कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ । बैठक आज बिहान ८ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण