‘बगान’ २९ असारबाट प्रदर्शनमा आउने
शुक्रबार, ०१ असार २०८०, ११ : ४३
काठमाडौँ । अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’ २९ असारबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टरसहित प्रदर्शन मिति समेत सार्वजनिक गरेको हो । यो मितिमा फिल्म ‘बद्री बहादुर’ पनि प्रदर्शनमा आउँदैछ ।
सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिल कार्की, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाललगायतको अभिनय छ । अभिनेता आकाश श्रेष्ठ फिल्मको अथिति भूमिकामा छन् ।
फिल्ममा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी÷उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ । विदुर पिताको मात्र होइन, विधवा आमाको पनि विवाह गर्नुपर्छ भन्ने बिषय फिल्मले देखाउन खोजेको निर्देशक खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण