दलहरूको अग्नि परीक्षा सुरु भएको छ : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताको अग्नि परीक्षा भन्दा बाहिर कोही नभएको टिप्पणी गरेका छन् । चीनबाट उपचार गरेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै पुनले जनताको अग्नि परीक्षामा नेताहरू सधैँ पास भएर सिद्ध हुनुपर्ने बताए ।
‘राजनीतिक दलहरूमा नयाँ अग्नि परीक्षा सुरु भएको छ । जनताका जुन नयाँ अपेक्षा छन् । त्यसलाई पुरा गर्न कोसिस गर्नुपर्नेछ । विगत ३ वर्षको कोरोना महामारीले अर्थतन्त्र सङ्कट मात्रै हैन सिङ्गो मानव जीवन सङ्कटमा छ । यस्तो बेला सरकार र पार्टीले विशेष प्रयत्न गर्नै पर्छ ’ पुनले भने, ‘अब नेता, कार्यकर्ता र जनताको पक्षमा खरो रूपमा उत्रने प्रतिबद्धता जनाउन चाहन्छु । नेताहरूमा प्रश्न उठ्ने गरेको बताउँदै पुनले प्रश्न उठ्नु नराम्रो कुरा नभएको बताए ।
‘जनताले प्रश्न उठाउँदा नेताहरूले सकारात्मक जवाफ दिनुपर्छ । प्रश्नले नेताको व्यवहार, कार्यशैलीको औचित्यता पुष्टि गर्दिने हो’ पुनले भने, ‘निश्चित रूपमा समाज आलोचनात्मक हुँदै गएको छ । यसलाई नराम्रो मान्नु हुँदैन । सिस्टममा रहेर आफ्ना कुरा राख्नपर्छ ।’ आलोचनात्मक समाजलाई रचनात्मक बनाउने दायित्व सबैको भएको पुनले बताए । सामाजिक सञ्जालमा नेताको आलोचना हुँदा सबैलाई इरिटेड बनाउने गरेको उनले बताए ।
‘सरकारले थालनी गरेका नयाँ कामको स्वागत छ । ती कामलाई जनसमर्थन कायम राख्दै प्रचण्ड नेतृत्वको सरकार अझ सफल हुने छ । जनताको पक्षमा अझ काम गर्ने विश्वास लिएको छु’ पुनले भने, ‘निर्वाचन पछि बनेको सरकार भएकाले जनताका अपेक्षा व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने गुनासो छ । जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने छ ।’ राजनीतिक सचेतनाविना आर्थिक विकास, सामाजिक विकास र सुशासन सम्भव नहुने पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण