बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कर्णालीकाे बजेटबारे विपक्षी दलको प्रतिक्रिया : उत्साहजनक छैन

शुक्रबार, ०१ असार २०८०, १८ : ४५
शुक्रबार, ०१ असार २०८०

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा बजेट उत्साहजनक नभएको जनाएको छ । प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि एमालेले उत्साह नदिने खालको नभएको बताएको हो ।

एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बजेट उत्साहजनक नभएको बताएका छन् । सरकारले वितरणलाई प्रोत्साहन दिनेगरी बजेट ल्याएको उनले बताए ।  

यस्तै एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले बजेट सत्ता केन्द्रित आएको बताए । रातोपाटीसँग उनले भने,‘ मुख्यमन्त्री, मन्त्री, पूर्व मुख्यमन्त्रीको जिल्ला केन्द्रित बजेट आएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप