प्याजको कालोबजारी गरेमा कारबाही गर्छौं – वाणिज्य विभाग
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु प्याजको कालोबजारी गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत आलु, प्याज र स्याउमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि बजारमा प्याजको कालोबजारी बढेको छ ।
व्यापारीले आन्दोलनका नाममा भारतबाट प्याज आयात नगर्ने र लुकिछिपी ल्याइएको प्याजलाई चर्को मूल्यमा उपभोक्तालाई बेचिरहेका छन् । बजेट भाषणअघि थोक बजारमा प्रतिकिलो ३५ रुपैयाँमा पाइने प्याजको खुद्रा मूल्य व्यापारीले मनोमानी तोकेर प्रतिकिलो १२० रुपैयाँसम्म कायम गरेका छन् । यसअघि, रातोपाटीले ‘बजारमा छ्यापछ्याप्ती कालोबजारीको प्याज, मनोमानी मूल्यमा बेच्दै व्यापारी’ शीर्षकको समाचार समेत प्रकाशन गरेको थियो । यसपछि वाणिज्य विभागले विज्ञप्ति जारी गर्दै प्याजको कालोबजारी गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको हो ।
विभागका कर्मचारी अनुगमनमा जाँदा कालोबजारी गरेको नपाइएको महानिर्देशक गजेन्द्रकुमार ठाकुर बताउँछन् । उनका अनुसार कालिमाटीका ठुला होलसेलर र आयातकर्ताको गोदाममा छापा मार्दा जम्मा २ दाना प्याज भेटिएको थियो । यस्तै, खुद्रा पसलमा समेत अनुगमन गर्दा नभेटिएको विभागले बताए पनि बजारमा छ्यापछ्याप्ती कालोबजारीको प्याज चर्को मूल्यमा किन्न उपभोक्ता बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण