आन्ध्र प्रदेशमा कार ठोक्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते
शनिबार, ०२ असार २०८०, १५ : ३६
भारत । पूर्वी गोदावरी जिल्लाको माडकी राष्ट्रिय राजमार्गमा शनिबार बिहान कार र मालवाहक गाडी एकापसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा कार चालक र गाडीमा सवार तीन जना रहेका छन् । बिहान करिब ४ बजे सो दुर्घटना भएको हो ।
सर्कल इन्स्पेक्टर रजनीकुमारले बताएअनुसार ूघटना बिहान सबेरै भएको हो। एउटा कारले ट्याक्टरलाई ठक्कर दिँदा कार चालकसहित चार जनाको मृत्यु भएको थियो। मृतकलाई पोष्टमार्टमका लागि मण्डपेटा क्षेत्रीय अस्पतालमा राखिएको छ।
‘घाइतेहरूलाई राजमुन्द्री सरकारी अस्पतालमा लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ,’ सर्कल इन्स्पेक्टरले थपे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण