छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार पर्वतको जलजला गाउँपालिका-८ फर्सेस्थित सडकमा ग.१ ख ५६५७ नम्बरको बस र ग.१३ प ६४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार म्याग्दी बेनी नगरपालिका-९ बस्ने २० वर्षीया सुशिला श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धौलागिरी अञ्चल अस्पताल बागलुङ हुँदै ग्रेन्डी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका-१० नगवास्थित सडकमा लु.७४ प ४४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने तोयानाथ गौतमको छोरा १० वर्षीय सचिन गौतमको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पिपरा अस्पताल हुँदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको कञ्चन गाउँपालिका-४ म्याग्दी चोकमा सोही ठाउँ बस्ने जुनु बरालले चलाएको लु.८६ प ९७१६ नम्बरको स्कुटरबाट खसेर उनकै छोरा ८ वर्षीय श्रवण बरालको शुक्रबार राति मृत्यु भएको छ । स्कुटरबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता स्याङजाको पुतलीबजार नगरपालिका-१० बरजास्थित सडकमा राङखोलाबाट स्याङजा बजारतर्फ जाँदै गरेको बा.१५ च १७०९ नम्बरको स्कारपियो आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका-४ दार्सिङ बस्ने चापाकोट नगरपालिकाका पूर्व मेयर ६० वर्षीय शिब गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी कैलालीको गोदावरी नगरपालिका-४ खैरेनास्थित सडकमा प्रदेश ३ ०१-०२४ च ५१४८ नम्बरको जिपले से.३ प ८९२५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक डोटी शिखर नगरपालिका-९ बस्ने ३५ वर्षीय राजेन्द्र सिंह खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण