कस्तो बन्दै छ राप्ती स्वास्थ्य विज्ञानको शिक्षण अस्पताल ?
दाङ । २०७४ असोज १२ गते तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गरियो । उही संरचना, उही अवस्थामा उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा बने पनि सेवा अवस्था केही फेरिए पनि संरचनाको अवस्था फेरिन सकेन ।
एक सय बेडको तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति भएसँगै पाँच वर्षमा तीन सय बेड क्षमताको सेवा सञ्चालन गरिरहेको छ । तर संरचनाको सकस अझै उस्तै छ । संरचनासँगै सेवा थप गर्ने लक्ष्यमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अबको तीन वर्षमा चार सय बेड क्षमता थप गरी सात सय बेड क्षमताको सेवा प्रवाह गर्ने लक्ष्य राखेको छ । जसका लागि आधुनिक संरचना निर्माणको प्रक्रिया सुरु गरेको छ ।
डवल बेष्टमेन्ट सहितको हेलिप्याड सहितको ६ तले शिक्षण अस्पताल निर्माणको तयारी प्रतिष्ठानले थालेको छ । संरचना अभावका कारण स्वास्थ्य सेवा र चिकित्सा शिक्षा अध्ययन कार्यक्रम तत्काल सञ्चालन गर्ने तयारीको प्रतिष्ठानले स्थापना भएको झन्डै पाँच वर्ष पछि बि.एस.सी. नर्सिङ र बि.एन.एस. कार्यक्रम भर्खर सुरु गरेको छ । तर विशेषज्ञ चिकित्सक अध्ययन पनि समेत प्रक्रिया थालनी गरेको छ ।
संरचना निर्माणसँगै विशेषज्ञ चिकित्सक अध्ययन सहित सात सय बेडको सेवा थालनी गर्ने तयारी प्रतिष्ठानको रहेको प्रतिष्ठानका रजिस्टार डा. प्रकाश लामिछाने बताए । डवल बेष्टमेन्ट र हेलिप्याड सहितको उक्त शिक्षण अस्पतालमा तीन सय ५० मोटरसाइकल र १५० वटा हलुका चार पाङ्ग्रे सवारी पार्किङ, लिफ्ट सहितको चार सय बेड क्षमताको आधुनिक बिरामी उपचार कक्ष संरचना निर्माण हुने रजिस्टार थापाले जानकारी दिए । जसका लागि नेपाल सरकारले क्रमगत योजना अन्तर्गत ३ वर्षमा उक्त भवन निर्माण गर्ने तयारी समेत गरेको छ ।
साबिक राप्ती अञ्चलको दाङ, रोल्पा, रुकुम, सल्यान र प्युठानको स्वास्थ्य सेवाको केन्द्र बनिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान संरचनासँगै स्वास्थ्य सेवा स्तर फेरिने उनले बताए । उनले भने– ‘अब भन्ने आधुनिक संरचनाले स्वास्थ्य सेवाको अवस्थालाई अझ स्तरीय बनाउने हाम्रो आशा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण