सजिनाले जिनिन् ‘स्पेस एण्ड डिजाइन एक्सो–२०२३’ को उपाधि
काठमाडौँ । ‘स्पेस एण्ड डिजाइन एक्सो–२०२३’ को उपाधि सजिना सुवालले हात परेकी छन् । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक आयोजित प्रतियोगीतामा उनले शीर्ष उपाधि हात पारेका हुन् ।
प्रतियोगितात्मक एक्स्पो कार्यक्रममा इन्टरियरहरुको छाता संगठन आइडिया नेपालका पधाधिकारीहरुको निर्णयमा पबिन कार्की र स्वस्तिका राजभण्डारी क्रमस दितिय र तृतीय हुन सफल भए, भने पब्लिक चोइएस अवार्ड दीक्षित खड्काले हात पारिन् ।
विजेतालाई संसद् प्रदीप पौडेल र पूर्वमन्त्रि भीमसेन दास प्रधान लगायतले नगद तथा ट्रफी प्रदान गरेका थिए । विजेताालाई नेपोभीट टैल्सको तर्फाबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।
‘स्पेस एण्ड डिजाइन एक्सो–२०२३’ले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा लिएको एक्साकी निर्देशक विपना थापाले बताइन् ।
सिटी सेन्टरमा शुक्रबार सुरु भई शनिबार साँझ सकिएको एक्स्पोमा आईआईएफटीका अध्ययन गर्ने ५१ जना विद्यार्थीहरुले आ–आफ्ना डिजाइनमा क्याफेका मोडेलहरु तयार परेर प्रदर्शनीमा राखेको थिए ।
शुक्रबार एक्सोको उद्घाटन ‘मिस नेपाल वर्ल्र्ड २०२३’ श्रीच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रैना मजगैयाँ तथा मिस नेपाल इन्टरनेशनल २०२३ का विजेता प्रसिद्धी शाहले संयुक्त रुपमा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण