डढेलोले बैतडीमा तीन सय हेक्टर वन क्षेत्र सखाप
सोमबार, ०४ असार २०८०, १५ : १७
बैतडी । डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो ।
सामुदायिक वनमा डढेलो लागेका कारण लाखौँका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तुसमेत प्रभावित भएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए ।
लामो समयसम्म पानी नपर्दा सुख्खापन बढेका कारण यो वर्ष अन्य वर्षको तुलनामा डढेलो बढी भएको हो । सामुदायिक वनको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलको भनाइ छ । सामुदायिक वनले आफ्नो कार्ययोजनाअनुसार काम नगर्ने र उपभोक्ताले पनि क्षणिक फाइदाका लागि वनमा आगो लगाउने गरेकाले वन डढेलोको जोखिम बढी हुने गरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण