सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डढेलोले बैतडीमा तीन सय हेक्टर वन क्षेत्र सखाप

सोमबार, ०४ असार २०८०, १५ : १७
सोमबार, ०४ असार २०८०

बैतडी । डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो ।  

सामुदायिक वनमा डढेलो लागेका कारण लाखौँका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तुसमेत प्रभावित भएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । 

लामो समयसम्म पानी नपर्दा सुख्खापन बढेका कारण यो वर्ष अन्य वर्षको तुलनामा डढेलो बढी भएको हो । सामुदायिक वनको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलको भनाइ छ । सामुदायिक वनले आफ्नो कार्ययोजनाअनुसार काम नगर्ने र उपभोक्ताले पनि क्षणिक फाइदाका लागि वनमा आगो लगाउने गरेकाले वन डढेलोको जोखिम बढी हुने गरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप