सप्तकोशी, तमोर र अरुणमा तीन दिनसम्म पानीको बहाव बढ्ने
विराटनगर । शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका ठुला नदीहरूमा अझै तीन दिनसम्म पानीको बहाव बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको सप्तकोशीको चतरा क्षेत्र, तमोरको त्रिवेणाी, अरुणको सिम्लेमा तीन दिनसम्म पानीको बहाव उल्लेख्य बढ्नेछ ।
यस्तै दूधकोशीको रबुवाबजार, तामोकोशीको बुस्ती र सुनकोशीको हम्पचुवारमा नदीको बहाव सामान्य बढ्ने पूर्वानुमान शाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले आज बिहान गरेको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको पनि जनाएको छ । काबेली नदीमा भने जल सतह सतर्कता तह आसपासमा रहेको जनाइएको छ ।
यस्तै आज ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ, गोरखा भई बग्ने केही ससाना नदीहरूमा बहाव बढ्न सक्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । भोली पनि ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, इलाम, झापा र आसपासका जिललहरुको केही ससाना नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ ।
यस्तै ६ गते बुधबार पनि कोशी प्रदेशको मध्यपहाडी र तराईका स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको जोखिम रहेको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले तमोर र कनकाई नदीको जल सतह सतर्कता आसपास रहन सक्ने भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण