उदय र मनिलाको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक

काठमाडौँ । पछिल्लो समय नेपाली गीतसंगीतको एल्बम निकाल्ने प्रचलन हराउँदै गएको छ । संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ सोलो एल्बम ल्याएका छन् ।
‘अनुभव’ नामकरण गरिएको एल्बम राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो । जसमा उदय सोताङ्ग र मनिला सोताङ्ग स्वर छ ।
एल्बममा ५ वटा गीत समावेश छ । ‘कति कुरा मिठा बातमा’ हुन्छ बोलको पहिलो गीतमा अर्जुन रत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन छ ।
‘हात समाई मिठा बात गरेको’ बोलको गीतमा नुतन भुषालको शब्द र संजीव बराइलीको संगीत संयोजन छ । ‘तिम्रो माया जीवनको खेल होकी’ बोलको गीतमा योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन छ । ‘कता गयो त्यो बैंश’ बोलको गीतमा तुलसी बस्नेतको शब्द र रिदम कंडेलको संगीत संयोजन भने ‘तिमि सँगै जिन्दगानी बिताउन पाउँ’ बोलको गीतमा सुनिता बस्नेत थापाको शब्द र सचिन सिंहको संगीत संयोजन छ ।
कार्यक्रममा एल्बममा समावेश दुई गीतको कभर भर्सन भिडियो समेत सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघबारे निर्णय लिन बसेको देउवासहितको बैठक अनिर्णीत
-
वितरणमुखी बजेटले समृद्धि आउँदैन : महत
-
तीन सुपर ओभरसँगै विश्व क्रिकेटमा नेपाली टोलीले बनाएका केही महत्त्वपूर्ण रेकर्ड
-
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
-
‘प्रतिपक्षले बजेट प्रस्तुत हुनुअघि नै विरोध गर्नु जायज थिएन’
-
गणेश ठाडा मगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय