उदय र मनिलाको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक
काठमाडौँ । पछिल्लो समय नेपाली गीतसंगीतको एल्बम निकाल्ने प्रचलन हराउँदै गएको छ । संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ सोलो एल्बम ल्याएका छन् ।
‘अनुभव’ नामकरण गरिएको एल्बम राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो । जसमा उदय सोताङ्ग र मनिला सोताङ्ग स्वर छ ।
एल्बममा ५ वटा गीत समावेश छ । ‘कति कुरा मिठा बातमा’ हुन्छ बोलको पहिलो गीतमा अर्जुन रत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन छ ।
‘हात समाई मिठा बात गरेको’ बोलको गीतमा नुतन भुषालको शब्द र संजीव बराइलीको संगीत संयोजन छ । ‘तिम्रो माया जीवनको खेल होकी’ बोलको गीतमा योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन छ । ‘कता गयो त्यो बैंश’ बोलको गीतमा तुलसी बस्नेतको शब्द र रिदम कंडेलको संगीत संयोजन भने ‘तिमि सँगै जिन्दगानी बिताउन पाउँ’ बोलको गीतमा सुनिता बस्नेत थापाको शब्द र सचिन सिंहको संगीत संयोजन छ ।
कार्यक्रममा एल्बममा समावेश दुई गीतको कभर भर्सन भिडियो समेत सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण