कांग्रेसले श्रमजीवीको पक्षमा काम गर्छ : महामन्त्री शर्मा
सोमबार, ०४ असार २०८०, १७ : ५०
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका पक्षमा काम गर्न सजक रहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय अधिवेशन उद्घाटनमा उनले भने, ‘हामीलाई केही पनि भएको छैन भन्ने छुट छैन । हाम्रो पालामा मुलुक बन्छ । नेपाल सतिले सरापेको देश होइन । गौतम बुद्धको देश हो ।’
कांग्रेसले श्रमजीवीको पक्षमा विगतदेखि काम गर्दै आएको महामन्त्री शर्माले बताए । २०१६ सालमा बिपी कोइरालाले श्रमजीवीको पक्षमा कानुन बनाएको बताए । श्रमजीवीको पक्षमा भएका जति काम कांग्रेसको पालामा भएको उनको भनाइ छ । ट्रेड युनियनले महाधिवेशनबाट पारित गर्ने नीतिको कांग्रेसले स्वामित्व लिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण