कांग्रेसले श्रमजीवीको पक्षमा काम गर्छ : महामन्त्री शर्मा
सोमबार, ०४ असार २०८०, १७ : ५०

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका पक्षमा काम गर्न सजक रहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय अधिवेशन उद्घाटनमा उनले भने, ‘हामीलाई केही पनि भएको छैन भन्ने छुट छैन । हाम्रो पालामा मुलुक बन्छ । नेपाल सतिले सरापेको देश होइन । गौतम बुद्धको देश हो ।’
कांग्रेसले श्रमजीवीको पक्षमा विगतदेखि काम गर्दै आएको महामन्त्री शर्माले बताए । २०१६ सालमा बिपी कोइरालाले श्रमजीवीको पक्षमा कानुन बनाएको बताए । श्रमजीवीको पक्षमा भएका जति काम कांग्रेसको पालामा भएको उनको भनाइ छ । ट्रेड युनियनले महाधिवेशनबाट पारित गर्ने नीतिको कांग्रेसले स्वामित्व लिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म