पहिराेले पुरिएर एकको मृत्यु, दुई जना घाइते
सोमबार, ०४ असार २०८०, १९ : ५५
तनहुँ । तनहुँमा पहिरोमा पुरिएका एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार साँझ म्याग्दे गाउँपालिका वडा नम्बर १ माथिल्लो गुणादी स्थित पृथ्वीराजमार्गको मुग्लिङ पोखरा सडक खण्डमा सडकको माथिबाट पहिरो खस्दा सो दुर्घटना भएको हो ।
सो क्रममा सडक निर्माणको काम गरिरहेका मजदुरलाई पहिरोले पुरेको थियो । मृतकमा झापाका भीम भुजेल रहेका छन् भने घाइतेमा झापाकै कृष्ण लिङ्देल र उदयपुरका बलबहादुर राई रहेका छन् ।
लिङ्देनको दमौली र राईलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण