बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बाढीले हेवाखोला जलविद्युत आयोजनामा क्षति, विद्युत् उत्पादन बन्द

मङ्गलबार, ०५ असार २०८०, १० : ४३
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । यही असार २ गते आएको भीषण बाढीले हेवाखोला साना जलविद्युत आयोजनामा क्षति पुगेको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार ४.५ मेगावाट क्षमताको उक्त आयोजनामा पूर्णरुपमा क्षति भएको हो ।

पूर्वमा आकस्मात बाढी आउँदा ठुलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको थियो । आयोजनाको इन्टेक तथा पावर हाउसमा पूर्णरुपमा क्षति पुगेकाले बिजुली उत्पादन बन्द भएको कम्पनीका सचिव प्रकाश भुजेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप