राष्ट्रपति पौडेलको मुटुमा राखियो स्थायी पेस मेकर
मङ्गलबार, ०५ असार २०८०, १७ : ३५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा विशेषज्ञहरुको राय बमोजिम स्थायी पेस मेकर राखिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेस मेकर राखिएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘७२ घण्टाको नियमित निगरानीका क्रममा सम्माननीयज्यूको मुटुको चाल बेला बखतमा कम हुने देखिएकोले विशेषज्ञहरुको राय बमोजिम पेस मेकर राख्नु पर्ने देखिएकोले आजै सफलतापूर्वक स्थायी पेस मेकर राखिएको छ’, अस्पतालका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेल असार २ गतेदेखि सो अस्पतालमा उपचाररत छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण