बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पहिरोले थिलथिलो पाँचथर, उद्धार र राहतमा कठिनाइ (फोटो)

मङ्गलबार, ०५ असार २०८०, २० : ०७
मङ्गलबार, ०५ असार २०८०

विराटनगर । अविरल वर्षापछि गएको पहिरोले पाँचथरको याङ्वरक–१, घोलाघरी क्षेत्र थिलथिलो भएको छ । सो क्षेत्रमा २४ घरका ९७ जना विस्थापित भएका छन् । त्यहाँ खाद्यान्न अभाव सुरु भएको छ ।

विस्थापितहरूलाई खाद्यान्न, ओढ्ने, ओछ्याउनेको अभाव छ । विस्थापित सबै जना एउटै घरमा बसेको कारण अन्य थुप्रै समस्या सिर्जना भएको छ ।

पाँचथर नै गृह जिल्ला भएका माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले भने, ‘त्यहाँ पुग्ने बाटो मेची राजमार्ग हो । तर, हेवा खोलाको पुल बगाएको छ । त्यस ठाउँमा जाने अन्य पुल पनि भत्काएको छ । अहिले सो क्षेत्रमा सडक मार्गबाट राहत लिएर जानसक्ने अवस्था छैन ।’

पहिरो पीडित जनतालाई सबैतिरबाट सहयोग गर्न उनले आह्वान गरेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हेलिकप्टरबाट राहत पठाइदिन आग्रह गरेको र सकारात्मक जवाफ पाएको उनले बताए ।

Pahiro (1)Pahiro (3)Pahiro (4)Pahiro (5)Pahiro (6)
 

तस्बिर सौजन्य : हर्कबहादुर नेम्वाङ (मिक्सो)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप