काभा पुरुष भलिबलमा नेपाल इरानसँग पराजित
मङ्गलबार, ०५ असार २०८०, २१ : ४५
काठमाडौँ । कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
इरानले नेपाललाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–२२ ले पराजित गर्यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो ।
यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक कीर्गिस्तानसँग पराजित भएको थियो । अब नेपालले आफनो चौँथो खेलमा बिहीबार तुर्किमिनिस्तानसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण