कर्णाली प्रहरी ऐनमा सांकेतिक भाषाको दोभाषे व्यवस्था गरिने
सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश प्रहरी ऐनमा मुद्दा चल्ने प्रदेशका प्रहरी कार्यालयहरुमा सांकेतिक भाषाका लागि दोभाषेको व्यवस्था गर्ने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष वसन्त जैसीको नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटघाट कार्यक्रममा मन्त्री जिसीले आपाङगता भएका व्यक्तिहरुको उजुरी लिन, मुद्दाहरुलाई अन्यत्र मोड्न नदिन तथा न्याय दिलाउनका लागि कम्तिमा प्रहरीका मुद्दा चल्ने कार्यालयहरुमा सांकेतिक भाषाको दोभाषेहरु आवश्यक रहेको बताए ।
‘अपाङ्गता भएकै कारण अन्याय सहने र उजुरी नै दिन नसक्ने अवस्था हुनु दुःखद अवस्था हो’, जिसीले भने, ‘यो राज्य सबैको हो, प्रहरी ऐनमा सांकेतिक भाषाका लागि व्यवस्था गर्न प्रदेश सरकार प्रतिवद्ध छ ।’ कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार तथा कर्णाली सम्बृद्धि जस्ता जनतासँग प्रत्यक्ष जोडिएका कार्यक्रम लागू भइरहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि सिप विकास र आयआर्जन सँग सम्बन्धीत कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
अब प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि पनि रोजगारीका लागि केही प्रतिशत बजेटको व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताए । ‘उनीहरुको सिप विकास तथा आय आर्जनमा जोड दिने गरी नीति बनाउन मैले पहल गर्छु,’ उनले भने । साथै मन्त्री जिसीले प्रदेश सरकारले लक्षित वर्गका लागि भनेर आयआर्जन सम्बन्धी कार्यक्रम पनि गर्दैै आएको बताए । अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि लक्षित वर्ग भित्र राखेर कार्यक्रम बनाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण