नेपालगञ्जमा सिटिजन्स बैंकको बालिका शिक्षा तथा बालविवाह न्यूनीकरण मुद्दती खाता योजना
काठमाडौँ । ग्रामीण नेपालका बालिकाहरूको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँकेबीच ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरण मुद्दती खाता योजना’ नामक कार्यक्रमका लागि सम्झौता भएको छ ।
यो योजनाको मुख्य उद्देश्य बालिकाहरूलाई बालविवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्न बालिका शिक्षा तथा बाल विवाह न्यूनीकरण मुद्दति खाता योजना कार्यान्वयनका लागि नेपालगञ्ज उप–महानगरपालिका विविध कोष अन्तर्गत बालिकाहरूको नाममा मुद्दती खाता खोली कार्यविधि बमोजिमको रकम खातामा जम्मा गर्ने रहेको छ । बालिकाहरूको लागि बैंक खाता खोल्ने र उपलब्ध सबै भन्दा अनुकूल ब्याज दरमा रु पच्चीस हजार को मुद्दती निक्षेप राख्ने सहमति भएको छ ।
यस कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगन्ज उपमहानगरपालिका, बाँकेबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्नेछन् । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेर अघि विवाह नगर्ने बालिकाहरूलाई मात्र सो पत्र जारी गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण