आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीभित्र एकले अर्कोलाई नखुइल्याउन सांसद खतिवडाको आग्रह

बुधबार, ०६ असार २०८०, १८ : ०५
बुधबार, ०६ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पार्टीभित्र एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् । 

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका हुन् । 

 सांसद खतिवडाले पार्टी सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्ने बताए । उनले देशमा कांग्रेसकै विकल्प खोज्ने समूह बनिसकेको भन्दै पार्टीमा कसैले कसैको विकल्प खोजेर नहुने बताए ।  

 सांसद खतिवडाले सत्तारुढ गठबन्धनका केही दलहरुले आफूहरुलाई दह्रो शक्तिको रुपमा देखाउन समाजवादी मोर्चा नेपाल घोषणा गरेको बताए । उनले मोर्चामा आबद्ध दलहरुलाई पार्टी एकता नै गर्न सुझाव दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप