बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

भारतीय अभिनेत्री मुनमुन दत्त काठमाडौँमा

बिहीबार, ०७ असार २०८०, ११ : ४४
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । भारतीय अभिनेत्री मुनमुन दत्त नेपाल आएकी छन् । उनले सामाजिक संजालबाट सार्वजनिक गरेको काठमाडौं घुमघामको तस्बिरबाट उनी नेपालमा रहेको अनुमान लगाउन सकिन्छ ।

पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर उनले सामाजिक संजाल मार्फत सेयर गरेकी छन् । जसबाट पनि उनी काठमाडौमा रहेको अनुमान गर्न सकिन्छ ।

दत्त पछिल्लो समय टीभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’को कारणले चर्चामा छिन् । उनी यो सिरिजमा बबिता जी पात्रको भूमिका निर्वाह गर्दै आएकी छन् ।

भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । दत्त चलचित्र र सिरियल अभिनेत्रीको अलवा मोडल पनि हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप