शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा लगातार गिरावट, तोलामा २ हजार रुपैयाँले घट्यो

शुक्रबार, ०८ असार २०८०, ११ : २४
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । यस साता सुनको मूल्यमा लगातार गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा यो साता २ हजार रुपैयाँले घट्दै १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको हो । 

यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज पनि तोलामा २५ रुपैयाँले घट्दै १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप