आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगाका पहिरो पीडितलाई अविलम्ब राहत र पुनर्स्थापना गर्न सांसद खतिवडाको माग

शुक्रबार, ०८ असार २०८०, ११ : ५०
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । सांसद रामहरि खतिवडाले ओखलढुंगाको चम्पादेवी–८ विलन्दुमा गएको पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले  बिलन्दुमा गएको पहिरोका बारण गाउँ नै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै धेरै खेतबारी नष्ट हुनुका साथै पशु चौपायसमेत बगाएको बताए । 

‘हिजो राति अविरल बर्षाका कारण ओखलढुंगाको चम्पादेवी ८ विलन्दुस्थित थामखर्कडाँडामा पहिरो जाँदा एकै घरका रणबहादुर गुरुङ, शिवमाया गुरुङ, छोरा दिनेश गुरुङ र छोरी कृतिमा गुरुङको मृत्यु भएको छ’, सांसद खतिवडाले भने, ‘त्यहाँ धेरै खेतवारी नष्ट भएको र गाईवस्तु बगाएको छ । गाउँ नै विस्थापित हुन लागेकोलाई बसोबासको व्यवस्था गर्न म सरकारसँग आग्रह गर्छु ।’

त्यस्तै उनले डोजरे विकासका कारण पहाडी जिल्लाहरु लखनपुर जस्ता बनेको भन्दै यस्ता अव्यवस्थित कामले बाढी पहिरोको प्रकोप बढेको बताए । उनले विस्थापितहरुलाई पुनर्स्थापना र राहतको अविलम्ब व्यवस्था गर्न सभामुखमार्फत गृहमन्त्रीको ध्यनाकर्षण गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप